ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते ९:३९ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

ओलीले आज साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा ओलीको चीन भ्रमण स्वीकृत गर्ने कार्यसूची छ । यस्तै ओली भ्रमणको एजेण्डाबारे समेत छलफल हुने बताइएको छ ।

ओली आगामी १७ देखि २० मंसिरसम्म ४० सदस्यीय जम्बो टोलीसहित चीन भ्रमणमा जाँदैछन् । ओली भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राण देउवा आजै चीन जाँदैछिन् ।

राणा ओलीको भ्रमण टोलीमा उतैबाट सहभागी हुनेछिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us