गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते ९:१४ मा प्रकाशित

भक्तपुर, १३ कात्तिक– भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको ।

मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउवा छिन् । भक्तपुरबाट काठमाण्डुतर्फ जाँदै गरेको ना८ख २३११ नम्बरको ट्रकले बिहीबार बिहान ७ बजे

सोही दिशामा रहेको देउला सवार बा.प्र.०२–०३८प४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते देउलाको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा स्कुटर पछाडि सवार मृतकका श्रीमान जिते देउला घाइते भएका छन् । देउलाको भक्तपुरस्थित नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच प्रहरीले ठक्कर दिने ट्रक र चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us