ओली भ्रमणको तारतम्य मिलाउन आरजु आज चीन जाँदै

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते ७:४२ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर- परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन भ्रमणमा जाँदैछिन् ।

प्रधानमन्त्री केपी ओलीको भ्रमणका तयारीका राणा त्यसतर्फ जान लागेकी हुन् ।

ओलीले १७ देखि २० मंसिरसम्म चीन भ्रमण गर्दैछन् । गत असार अन्तिममा प्रधानमन्त्री बनेका ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

परराष्ट्रमन्त्री राणाले ओली पुग्नुअघि नै चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको परराष्ट्रका अधिकारीहरुले बताएका छन् । त्यसक्रममा प्रधानमन्त्रीको भ्रमण तयारीका विषयमा छलफल हुने परराष्ट्रको भनाइ छ ।

ओली १७ मंसिरमा चीन पुगेपछि मन्त्री राणा ओलीको भ्रमण दलमा पनि सामेल हुनेछिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us