डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु: मन्त्री अधिकारी

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते १६:५३ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी)लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरीरहेको बताएका छन ।

आज (मंगलबार) राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन ।

उनले डीडीसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तबरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको पनि बताएका छन ।

मन्त्री अधिबारीले डीडीसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने र यसका लागि पहल गरी रहेको बताएका छन । उनले हाल डीडीसीले दूध खरिदमा विगतदेखि नै कोटा निर्धारण गर्ने गरेको बताएका छन ।

तर यसले किसानलाई मार्का पार्न नहुने मन्त्रालयको जोड रहेको उनले बताए ।

‘सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दुधमा पनि आत्मनिर्भरको विषय उठाउँदै गर्दा किसानको दुध खरिद नगर्ने भन्ने कुरा हुन सक्दैन,’ उनले भने, ‘केही सञ्चार माध्यममा किसानको दुध सरकारी संस्थानले नकिनेको विषय आएको तर दुध बिक्री नभएको गुनासो किसान मार्फत नआएको भए पनि यस विषयलाई गम्भीरता पूर्वक लिएको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us