काठमाण्डु, ११ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको लागी काठमाण्डु महानगरपालिका वडा नं–१६ बाट वडा अध्यक्षको उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपालाई सहयोग गर्ने भएका छन् ।
मंगलबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा पन्तले रास्वपाका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन ।
पत्रकार सम्मेलनका क्रममा उनले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा काठमाण्डु महानगरपालिका–१६ नम्बर वडा अध्यक्षमा रास्वपा उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्ने आफूले निर्णय गरेको जानकारी दिएका छन ।