काठमाण्डु, ११ मंसिर– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले गफभन्दा धेरै काम गर्ने दाबी गरेका छन् ।
सामाजिक सुरक्षा दिवसका अवसरमा पार्टी सम्वद्ध मजदुर संगठन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले मंगलबार राजधानीमा गरेको कार्यक्रममा ओलीले एमालेले गफमाभन्दा काममा विश्वास गर्ने बताए ।
ओलीले जिफन्टकाृ अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र सामाजिक सुरक्षाको कार्यक्रम ल्याउन प्रेरणा मिलेको उल्लेख गरे ।
आगामी वर्ष सामाजिक सुरक्षा कार्यक्रम थप फलदायी बनाउने जिकिर ओलीको थियो ।
ओलीले सामाजिक सुरक्षाका योगदानकर्ता मजदुर रहेको भन्दै सामाजिक सुरक्षा कोषमा मजदुरका प्रतिनिधिबिना सामाजिक सुरक्षासम्बन्धी निर्णय हुन नसक्ने भन्दै त्यसलाई सच्याइने प्रतिबद्धता जनाए ।