अन्ततः ओलीले सन्तोषनारायणलाई बनाइछाडे धितोपत्र बोर्डको अध्यक्ष

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १९:३२ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । बोर्डको अध्यक्ष नियुक्तिमा विवाद हुँदा प्रचण्ड नेतृत्वको सरकार ढलेको चर्चा थियो ।

वर्तमान प्रधानमन्त्री केपी ओलीले श्रेष्ठलाई बोर्ड अध्यक्ष नियुक्त गर्न प्रचण्ड र तत्कालीन अर्थमन्त्री वर्षमान पुनलाई दबाब दिएका थिए । तर, आर्थिक चलखेल भएको हल्ला बाहिरिएपछि प्रचण्ड र पुन हच्किएका थिए ।

श्रेष्ठ यसअघि एमाले सरकारको पालामा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us