रवि लामिछानेलाई आज काठमाण्डु ल्याइँदै

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते ८:४० मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– सहकारी ठगी, संठगित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज काठमाण्डु ल्याइँदैछ ।

लामिछानेलाई बिहान ९ बजे बुद्ध एयरको उडानमार्फत् काठमाण्डु ल्याउन लागिएको हो ।

काठमाण्डु जिल्ला अदालतले केही दिनअघि स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलनको कसुरमा पक्राउ गर्न अनुमति दिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा लामिछानेलाई गत २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरी सोही दिन पोखरा लगिएको थियो ।

लामिछानेलाई यसअघि सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनसम्बन्धमा बयान लिन रूपन्देही लगिएको थियो ।

कास्की प्रहरीको हिरासतमा राखिएका लामिछानेलाई थप १५ थुनामा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले आइतबार अनुमति दिएको थियो ।

काठमाण्डुमा बयान सकिएपछि पोखरा लैजाने र त्यहाँबाट फेरि चितवनको सहारा बचत तथा ऋण सहकारीको बचत दुरूपयोग कसुरमा बयान लिन त्यहाँपनि लैजाने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us