काभ्रेमा घाइते अवस्थामा भेटिएका व्यक्तिको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते १०:५५ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– काभ्रेमा घाइते अवस्थामा भेटिएका एक जना व्यक्तिको मृत्यु भएको छ । काभ्रेको धुलिखेल–८ बरकोबोटमा भट्टेडाँडाका करिब ६३ वर्षीय फत्तेबबहादुर तामाङ सोमबार घाइते अवस्थामा फेला परेका थिए ।

घाइते अवस्थामा भेटिएका उनलाई धुलिखेल अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले कार्यलय काभ्रेले जानकारी दिएको छ । घटनास्थल हेर्दा तामाङ भिरबाट लडेको जस्तो देखिने प्रहरीले जनाएको छ ।

उनको अनुहारमा चोट लागेको थियो र बोल्न नसक्ने अवस्थामा फेला पारीएको प्रहरीले जानकारी दिएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us