काठमाण्डु, ११ मंसिर– नेपाल विद्युत प्राधिकरणले काठमाण्डुको लाजिम्पाट, पानीपोखरी र बालुवाटारलगायत क्षेत्रमा आज बिजुली काटिने जनाएको छ ।
प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।
केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले बिजुली काट्न लागिएको सूचनामा उल्लेख छ ।
प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।
तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणको भनाइ छ ।