रुकुम पश्चिममा चक्कु प्रहार गरेर आफ्नै छोराले गरे बाबुको हत्या

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १३:१७ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– रुकुम पश्चिममा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका छन । रुकुमको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ ।

घटना गएराति ८ बजेतिरको भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिएका छन । बाबुछोराको सामान्य विवादमा वीरबहादुरले चक्कु प्रहार गरेर बुबाको हत्या गरेको पाठकले जानकारी दिएका छन । अहिले वीरबहादुर फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

 वीरबहादुर नशाको प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us