ट्रकमा च्यापिएका दुईजनाको पनि मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १०:०१ मा प्रकाशित

चितवन, १० मंसिर- नारायणघाट–मुग्लिन सडकको नौकिलोमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश००३००१ ख ३४९० नम्बरको ट्रक पल्टिँदा ट्रक अनियन्त्रित भई पल्टिएको थियो ।

एकजनाको आइतबारै मृत्यु भएको थियो । दुईजना ट्रकमा च्यापिएका थियो । च्यापिएका दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षीय श्याम बजगाई र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

घाइते ट्रक सहचालक रामेछापका २१ वर्षीय मानबहादुर विक र मकवानपुरको हेटौंडा–१८ का ६० वर्षीय दलबहादुर कोइरालाको उपचार भइरहेको छ।

ट्रक चालक मकवानपुरगढी–६ का २८ वर्षीय दिनेश पुडासैनीको अवस्था अज्ञात छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us