लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १३:०० मा प्रकाशित

काठमाण्डु, १० मंसिर– दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–३ घर भई हाल तुलसीपुर–९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी रहेका छन ।

सोमबार लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७प ४९५४ नम्बरको मोटरसाइकल रातो डाँडामा र दुर्घटना हुँदा डाँगीको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनी मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकल चालक रोशन विकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us