दुर्गा प्रसाईं अस्वस्थ, वीर अस्पताल भर्ना

काठमाण्डु टुडे २०८१ मंसिर १० गते ८:३३ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार गरेको अर्र्बौं रकम कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको भन्दै भ्रम फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्वस्थ भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरिएको छ । साइबर अपराधको कसुरमा प्रसाईंलाई गत ५ मंसिरमा पक्राउ गरिएको थियो ।

आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएका बेला प्रसाईंले आफू क्यान्सरको बिरामी भएकाले उपचारको व्यवस्था मिलाइदिन माग गरेका थिए ।

जिल्ला अदालत काठमाण्डुकी न्यायाधीश कमला पौडेलले प्रसाईंको उपचार गर्न निर्देशन दिएकी थिइन् ।

गत सोमबार पत्रकार सम्मेलन गरी प्रसाईंल प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको टेलिकम कम्पनी एक्जिएटामा लगानी रहेको आरोप लगाएका थिए ।

ओलीले उक्त कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी गरेको भन्दै शंकास्पद कागजातसमेत प्रस्तुत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us