चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १२:३४ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श थालेका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मा चीन भ्रमणबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । छलफलमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए ।

सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफलमा जुटेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us