समाचार

चिकित्सा शिक्षा आयोगको बैठकः पीजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

२०८१ मंसिर ९ गते १६:३०

काठमाण्डु, ९ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पीजी)को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन । आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका...

घट्यो नेप्से परिसूचक, ७ अर्ब ७२ करोडको बराबरको कारोबार

२०८१ मंसिर ९ गते १६:१९

काठमाण्डु, ९ मंसिर– साताको कारोबारको पहिलो दिन आज (आइतबार) सेयर बजार परिसूचक (१३.३) अंकले ओरालो लागेको छ । १३.३ अंकले घट्दा नेप्से परिसूचक २६६७.४० विन्दुमा झरेको छ । नेप्से घटेसँगै कारोबार पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस...

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत नियुक्त

२०८१ मंसिर ९ गते १६:१२

काठमाण्डु, ९ मंसिर– अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन । उनलाई आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा नियुक्त...

प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

२०८१ मंसिर ९ गते १६:०९

काठमाण्डु, ९ मंसिर– संघीय संसद्अन्तर्ग प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन । अधिकारीले प्रतिनिधि सभाको सचिव पदबाट आज (आइतबार)राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका थिए । संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा

२०८१ मंसिर ९ गते १६:०३

काठमाण्डु, ९ मंसिर– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन । साथै, बैंकको क्रेडिट कार्ड...

सिनामंगलमा मृत भेटिएका दम्पती शनिबार क्यानडाबाट फर्केका थिए

२०८१ मंसिर ९ गते १५:५३

काठमाण्डु, ९ मंसिर– काठमाण्डु महानगरपालिका–९ सिनामंगलस्थित होटल जन्मभूमिको चौंथो तलामा मृत भेटिएका दुई जना दम्पती रहेको पुष्टि भएको छ । सुनसरीको दुहबी घर भएका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला श्रीमान्–श्रीमती रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ मंसिर ९ गते १५:२०

काठमाण्डु, ९ मंसिर– जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति...

राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सेवा ठप्प

२०८१ मंसिर ९ गते १५:१४

काठमाण्डु, ९ मंसिर– केहि दिनयता राहदानी आवेदन प्रणाली अवरुद्ध भएको छ । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्लारईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको जानकारी दिएको...

मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय

२०८१ मंसिर ९ गते १५:०३

काठमाण्डु, ९ मंसिर– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने बताएका छन । उनले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण...

एमालेले बुझ्न मानेन महानगरको जरिवाना पत्र

२०८१ मंसिर ९ गते १४:३३

काठमाण्डु, ९ मंसिर– काठमाण्डु महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आज आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको महानगर प्रहरी स्रोतले जानकारी दिएको छ ।...

एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै

२०८१ मंसिर ९ गते १३:४४

काठमाण्डु, ९ मंसिर– काठमाण्डु महानगरपालिकाले एमालेलाई गरिएको जरिवानासम्बन्धी पत्र औपचारिक रूपमा बुझाउने तयारी गरेका छ । महानगरपालिकाले आइतबार एमाले पार्टी कार्यालय च्यासलमा पुगेर जरिवानासम्बन्धी पत्र बुझाउन लागेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन । महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा...

प्रतिनिधिसभाका सचिव अधिकारीले ५ महिना नपुग्दै दिए राजीनामा

२०८१ मंसिर ९ गते १३:३४

काठमाण्डु, ९ मंसिर– प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले आफुनो पदबाट राजीनामा दिएका छन । प्रतिनिधि सभाका सचिव अधिकारीले राजीनामा दिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन । प्रवक्ता गिरीले भने, ‘स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us