प्रतिनिधिसभाका सचिव अधिकारीले ५ महिना नपुग्दै दिए राजीनामा

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले आफुनो पदबाट राजीनामा दिएका छन ।

प्रतिनिधि सभाका सचिव अधिकारीले राजीनामा दिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन ।

प्रवक्ता गिरीले भने, ‘स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ ।’

सचिव अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us