समाचार

दुर्गा प्रसाईंको मेडिकल कलेजमा पठनपाठन सुरु

२०८१ मंसिर ९ गते ९:०८

झापा, ९ मंसिर– राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबिएस (स्नातक तह) को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो। सोही परमादेशका आधारमा काठमाडौँ...

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

२०८१ मंसिर ९ गते ९:०४

सुनसरी, ९ मंसिर– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजार लागतमा तरकारीखेती गरे । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित...

कार्यकर्तालाई विश्वप्रकाशको निर्देशनः धनराज पक्राउ परे आन्दोलन नगर्नु

२०८१ मंसिर ८ गते २१:३७

सिरहा, ८ मंसिर- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपसभापति धनराज गुरुङ सहकारी ठगी प्रकरणमा दोषी देखिए कारबाही हुने बताएका छन् । लहानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुरुङमाथि अनुसन्धान भइरहेको बताएका हुन् । कुनै पनि घटनामा अनुसन्धानका क्रममा पक्राउ पर्नु सामान्य विषय भएको उनको...

चितवनमा पिकनिक गएका विद्यार्थी सवार बस दुर्घटना, २८ घाइते

२०८१ मंसिर ८ गते २१:२६

चितवन, ८ मंसिर- चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस शनिबार साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।...

माओवादी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राईको निधन

२०८१ मंसिर ८ गते २१:२१

काठमाण्डु, ८ मंसिर- पूर्वमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य पदम राईको निधन भएको छ । राईको शनिबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले राईको पार्थिव शरीर आइतबार बिहान ९ बजे केन्द्रीय कार्यलय...

दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका मेहताको मृत्यु

२०८१ मंसिर ८ गते २०:१४

विराटनगर, ८ मंसिर– मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको कोशी गाउँपालिका–३ का ६० वर्षीय फुलेश्वर मेहता छन् । प्रसाईं सवार बागमती प्रदेश०१–०२८च०२०१ नम्बरको गाडीले गत २५ कात्तिकमा कोशी कोही–३ नहरचोकमा...

अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता

२०८१ मंसिर ८ गते १९:५८

संखुवासभा, ८ मंसिर– संखुवासभामा पूजा गर्ने क्रममा एकजना अरुण नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा संखुवासभाको चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार जिमी चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा...

प्रधानमन्त्री ओलीको कामै सरकार ढल्दैन भनेर हिंड्ने छःचन्द

२०८१ मंसिर ८ गते १९:३२

काठमाण्डु, ८ मंसिर- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी ओलीको काम नै सरकार ढल्दैन भन्ने भाषण गर्नु रहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित पार्टीको ११औं स्थापना दिवस कार्यक्रममा चन्दले सरकारको आयु अनिश्चित रहेको बताए । ‘प्रधानमन्त्री केपीजीको कामै के छ...

शुक्लाफाँटामा बस दुर्घटना, ३१ घाइते

२०८१ मंसिर ८ गते १९:२२

काठमाण्डु, ८ मंसिर- पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना४ख७७५५ नम्बरको बस दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका हुन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका...

काठमाण्डुको गोकर्णेश्वरमा एक जना मृत फेला

२०८१ मंसिर ८ गते १८:२६

काठमाण्डु, ८ मंसिर– काठमाण्डुको गोकर्णेश्वरमा एक जना मृत अवस्थामा फेला परेका छन । काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर बताउने ५२ वर्षीय नर बहादुर राई शनिबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले...

संसद्वादी दललाई विप्लवको चुनौतीः ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ

२०८१ मंसिर ८ गते १७:४०

काठमाण्डु, ८ मंसिर– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले ०८४ मा हुने आम निर्वाचनमा सबै पार्टीसँग प्रतिस्पर्धा गर्न तयार भएको बताएको छ । तर नेकपालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइ दिनका लागि विगतमा सरकारसँग भएको तीन बुँदे कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीसँग उनले आग्रह समेत गरेका...

नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ: विप्लव

२०८१ मंसिर ८ गते १७:२८

काठमाण्डु, ८ मंसिर– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको दाबी गरेका छन । आज (शनिबार) नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बताएका हुन । महासचिव विप्लवले पुराना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us