शुक्लाफाँटामा बस दुर्घटना, ३१ घाइते

काठमाण्डु टुडे २०८१ मंसिर ८ गते १९:२२ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर- पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना४ख७७५५ नम्बरको बस दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका हुन् ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी उमेश जोशीले जानकारी दिए ।

घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us