माओवादी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राईको निधन

काठमाण्डु टुडे २०८१ मंसिर ८ गते २१:२१ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर- पूर्वमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य पदम राईको निधन भएको छ ।

राईको शनिबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले

राईको पार्थिव शरीर आइतबार बिहान ९ बजे केन्द्रीय कार्यलय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका राखिने जानकारी दिए ।

राईको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने ढकालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us