समाचार

अब धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क लाग्ने

२०८१ मंसिर ८ गते १२:४४

काठमाण्डु, ८ मंसिर– सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला...

१८९ किलो गाँजासहित एक जना पक्राउ

२०८१ मंसिर ८ गते १२:२७

काठमाण्डु, ८ मंसिर– प्रहरीले सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बा.प्र०३–००१ च २२८०...

साञ्जेनको ४२.२ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

२०८१ मंसिर ८ गते ९:४६

काठमाण्डु, ८ मंसिर- चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो । रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२.२ मेगावाट...

भारतमा १० माओवादी विद्रोहीको मृत्यु

२०८१ मंसिर ८ गते ९:३७

एजेन्सी- भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा कम्तीमा दश जना माओवादी विद्रोहीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भारतका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि चलिरहेको आन्दोलनमा हाल सम्म दश हजार भन्दा बढी मानिसहरूको...

बालेन एमालेविरुद्घ परिचालित भएको पुष्टि भयोः एमाले महासचिव पोखरेल

२०८१ मंसिर ८ गते ९:३२

काठमाण्डु, ८ मंसिर- एमाले महासचिव शंकर पोखरेलले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र (साह) बालेन एमालेविरूद्ध परिचालित भएको आरोप लगाएका छन् । भन्ने पुष्टी भएको बताएका छन्। फेसबुकमा पोस्ट गर्दै महासचिव पोखरेलले  बालेन एमालेविरूद्ध परिचालित छन् भन्ने पुष्टि भएको बताएका हुन् । शुक्रबार एमालेले गरेको जागरण...

एलन मस्कसँग कुरा गरेंः ओली

२०८१ मंसिर ७ गते २२:४३

काठमाण्डु, ७ मंसिर-  प्रधानमन्त्री केपी ओलीले विश्वकै धनाढ्य एलन मस्कसँग भर्चुअल कुराकानी गरेका छन्।  सामाजिक सन्जाल फेसबुकमा तस्बिर पोस्ट गर्दै ओलीले आफूले मस्कसँग भिडिओ कुराकानी गरेको जानकारी दिए । ओलीले आफूहरुबीच भएको कुराकानीबारे विस्तृतमा खुलाएका छैनन् । मस्कको कम्पनी स्टारलिंकले नेपालमा स्याटलाइटबाट इन्टरनेट सेवा...

बालेनले लगाए सडक फोहोर गरेकामा ओलीलाई एक लाख जरिवाना

२०८१ मंसिर ७ गते २२:३२

काठमाण्डु, ७ मंसिर-  काठमाण्डू महानगरपालिकाले सडकमा फोहोर गरेकामा एमालेलाई एक लाख जरिवाना गरेको छ ।  दरबारमार्गमा जागरणसभा गरेर जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको हो । दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण...

रवि र छविसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

२०८१ मंसिर ७ गते १८:२९

काठमाण्डु, ७ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै...

जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना

२०८१ मंसिर ७ गते १७:४८

काठमाण्डु, ७ मंसिर– कर्णाली राजमार्ग अन्तर्गत जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटनामा परेको छ । शुक्रबार बेलुकी पाँच बजे जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस आठविस नगरपालिका –३ सिस्नेमा बे्रक फेल हुँदा दुर्घटना भएको दैलेख प्रहरीले जानकारी दिएको छ...

चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७ गते १७:४४

काठमाण्डु, ७ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटफुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका...

पर्सिदेखि धरहरा सञ्चालन हुने

२०८१ मंसिर ७ गते १७:३९

काठमाण्डु, ७ मंसिर– ९ मंसिरदेखि धरहरा ९ सःशुल्क सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो । धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका...

दरबारमार्गबाट दुर्गा प्रसाईंलाई एमालेको जवाफ– कम्बोडियामा लगानी प्रमाणित गर, त्यसको डबल दान दिन्छौं

२०८१ मंसिर ७ गते १६:५०

काठमाण्डु, ७ मंसिर– एमाले महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई जवाफ फर्काएका छन । आज शुक्रबार काठमाण्डुको दरबारमार्गमा आयोजित सभाबाट महासचिव पोखरेलले यस्तो जवाफ फर्काएका हुन । उनले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us