पर्सिदेखि धरहरा सञ्चालन हुने

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १७:३९ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– ९ मंसिरदेखि धरहरा ९ सःशुल्क सञ्चालनमा आउने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन ।

संविधान दिवसका अवसरमा सर्वसाधारणका लागि खोलिएको धरहराको टुप्पो पुर्याउने लिफ्ट दुई महिनामै बिग्रिएको थियो ।

विनातयारी सरकारको १ सय दिनको काम देखाउने हतारोमा चलाइएको धरहरा लिफ्ट बिग्रेर पछिल्लो दुई दिन बन्द रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us