काठमाण्डु, ८ मंसिर- एमाले महासचिव शंकर पोखरेलले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र (साह) बालेन एमालेविरूद्ध परिचालित भएको आरोप लगाएका छन् ।
भन्ने पुष्टी भएको बताएका छन्।
फेसबुकमा पोस्ट गर्दै महासचिव पोखरेलले बालेन एमालेविरूद्ध परिचालित छन् भन्ने पुष्टि भएको बताएका हुन् ।
शुक्रबार एमालेले गरेको जागरण सभाका कारण दरबारमार्ग क्षेत्र फोहोर भएको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको थियो ।
ट कार्यक्रम समापन भएपछि आयोजकका तर्फबाट सरसफाई भएको र संकलित फोहोर उठाउन महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको दाबी पोखरेलले गरेका छन् ।
‘अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिबेले महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिबेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मन्च र मन्चमा प्रयोग गरिएका सामग्री हटाउने काम सँगसँगै जारी नै थियो,’ महासचिव पोखरेलले भनेका छन् ।
उनले यसलाई मेयर बालेनले स्टण्टबाजी गरेको आरोप लगाएका छन् ।
‘नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो,’ पोखरेलले लेखेका छन् ।