जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना

काठमाण्डु टुडे २०८१ मंसिर ७ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– कर्णाली राजमार्ग अन्तर्गत जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटनामा परेको छ ।

शुक्रबार बेलुकी पाँच बजे जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस आठविस नगरपालिका –३ सिस्नेमा बे्रक फेल हुँदा दुर्घटना भएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

बस भित्तामा ठोकिएको र केही घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिएका छन ।

घटनाबारे थप विवरण भने आउन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us