१८९ किलो गाँजासहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ८ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– प्रहरीले सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बा.प्र०३–००१ च २२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई पक्राउ गरीएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।

उक्त गाडी चितवनबाट हेटौंडा–सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us