चितवनमा पिकनिक गएका विद्यार्थी सवार बस दुर्घटना, २८ घाइते

काठमाण्डु टुडे २०८१ मंसिर ८ गते २१:२६ मा प्रकाशित

चितवन, ८ मंसिर- चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।

कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस शनिबार साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अहिले चितवन मेडिकल कलेजमा २२ र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको महतोले बताए ।

उनका अनुसार ३० जना विद्यार्थीसहित ३२ जना बसमा सवार थिए । पिकनिक गएर फर्किंदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुघर्टनामा परेको थियो ।

पूर्वमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य पदम राईको निधन भएको छ ।

राईको शनिबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले

राईको पार्थिव शरीर आइतबार बिहान ९ बजे केन्द्रीय कार्यलय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका राखिने जानकारी दिए ।

राईको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने ढकालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us