प्रधानमन्त्री ओलीको कामै सरकार ढल्दैन भनेर हिंड्ने छःचन्द

काठमाण्डु टुडे २०८१ मंसिर ८ गते १९:३२ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी ओलीको काम नै सरकार ढल्दैन भन्ने भाषण गर्नु रहेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित पार्टीको ११औं स्थापना दिवस कार्यक्रममा चन्दले सरकारको आयु अनिश्चित रहेको बताए ।

‘प्रधानमन्त्री केपीजीको कामै के छ भने यो सरकार ढल्दैन भन्दै हिंड्ने’, चन्दले भने ।

प्रधानमन्त्रीको भाषण सुनेर जनतालाई पनि यो सरकार जतिखेर पनि ढल्न सक्ने लागेको उनको टिप्पणी थियो । जनतालाई सरकार राति ढल्न सक्छ, १२ बजे ढल्न सक्छ रातमा, यो बिहानै उछिटिन सक्छ भन्ने लागेको चन्दले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us