काठमाण्डु, ९ मंसिर– प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले पक्राउ गरेको हो । नेपालगञ्जबाट काठमाण्डु आउँदै गरेको बा.प्र. ०१–००६ ख ४७९७ नम्बरको यात्रुबहाक बसबाट उनलाई प्रहरीले पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
उनको साथबाट ९ ग्राम खैरो हेरोइन फेला परेको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जानकारी दिएको छ ।