प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाण्डु टुडे २०८१ मंसिर १० गते ८:१४ मा प्रकाशित

काठमाण्डु, १० मंसिर–नेपाल प्रहरीका ८ वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएका छन् ।

आइतबारको बढुवा समिति बैठकले ८ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा हुने एसएसपीहरुमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन् ।

शाह, राठौर र चतुरवेदी राष्ट्रिय अनुसन्धान विभागबाट जदपद समूहमा आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us