काठमाण्डु, ९ मंसिर– प्रभु शाह नेतृत्वका आम जनता पार्टी (आजपा) को स्थायी कमिटी बैठक बोलाइएको छ ।
काठमाण्डुको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबारका लागि तय भएको बैठकले आन्दोलनका बारेमा विभिन्न निर्णय गर्ने अध्यक्ष प्रभु साहले जानकारी दिएको छ ।
आजपाले बेथिति र भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गर्दै आएको छ भने दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनमा जोड दिँदै आएको छ ।
आजपाले हालै ञभष्टाचार विरुद्ध मधेस यात्राझ कार्यकम सम्पन्न गरेको थियो। भ्रष्टाचार एवं अनियमितताको बारेमा भएको मधेस यात्रा कार्यक्रमको पनि बैठकमा समीक्षा हुने बताइएको छ ।
उक्त अभियान पूर्ण रुपमा सफल भएको बताउँदै साहले भ्रष्टाचार विरुद्ध जनजागरण अभियान अन्य प्रदेशमा समेत छिट्टै आयोजना गर्ने बताएका छन ।