चितवनको नौकिलोमा ट्रक पल्टियो, एकको मृत्यु, दुईजना ट्रकमा च्यापिए

काठमाण्डु टुडे २०८१ मंसिर ९ गते २०:२३ मा प्रकाशित

चितवन, ९ मंसिर– नारायणघाट–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर नगरपालिका–६ नौकिलोमा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
मृतकको सनाखत हुन बाँकी छ । नारायणघाटबाट मुग्लिनतर्फ गइरहको बागमती प्रदेश–०३०१ख३४९० नम्बरको ट्रक पल्टिएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका डीएसपी ज्ञानकुमार महतोले दुर्घटनाग्रस्त ट्रकमा दुईजना च्यापिएको बताए । बाँकी दुईजनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ ।

घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेज र अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us