सुनसरी, ९ मंसिर– सुनसरीमा टिपर र भ्यानको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत इटहरी उपहानगरपालिका–१६ बालग्राम चोकमा पूर्वतर्फ जाँदै गरेको को३६प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को१क ३३८८ नम्बरको टिपरले आइतबार ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट अनियन्त्रित भएर सडकमा लडेको मोटरसाइकललाई प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले पनि ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।