समाचार

रोल्पाको रून्टीगढी- ४ मा कांग्रेस उम्मेदवार विजयी

२०८१ मंसिर १६ गते २०:५८

रोल्पा, १६ मंसिर- रोल्पाको रून्टीगढी गाउँपालिका ४ को वडाध्यक्षमा कांग्रेसका भूपमणि पुन विजयी भएका छन् । पुन ६ सय ४३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बेगम पुनमगरले ५ सय ३५ मत र माओवादी केन्द्रका नरेशजंग सिंहले ७० मत ल्याए ।...

आफूले जितेको वडामा एमालेले अग्रता लिएपछि काँग्रेसद्वारा मतगणना बहिस्कार

२०८१ मंसिर १६ गते २०:४९

ओखलढुंगा, १६ मंसिर -ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा विवादका कारण स्थगित भएको मतगणना फेरि सुरू भएको छ । कांग्रेस प्रतिनिधिले सदर र बदर मतका विषयमा विवाद झिकेपछि मतगणना रोकिएको थियो । गणनामा बसेका काँग्रेसका प्रतिनिधि गणनास्थल छाडर बाहिरिएका थिए । विवाद समाधान...

देउवाले दिए ओलीलाई धन्यवाद

२०८१ मंसिर १६ गते २०:३९

काठमाण्डु, १६ मंसिर- कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा धन्यवाद दिएका छन् । आइतबार साँझ ४१ पदका लागि भएको उपनिर्वाचन सकिएपछि सभापति देउवाले विज्ञप्तिमार्फत पार्टीका तर्फबाट सरकार र निर्वाचन आयोगसहित सम्वद्ध सबैलाई धन्यवाद दिएका हुन् ।...

तिलागुफा–४ को अध्यक्षमा ६ शाहीको भिडन्त, नेमकिपाका खड्ग शाही विजयी

२०८१ मंसिर १६ गते २०:३२

कालिकोट, १६ मंसिर कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्कबहादुर शाही विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा शाही १ सय ४३ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी नैसोभा शाहीले १ सय १५ मत प्राप्त...

अन्तिमतिर उपनिर्वाचनको मतदान

२०८१ मंसिर १६ गते १५:२५

काठमाण्डु, १६ मंसिर– आज आइतबार बिहान ७ बजेदेखि स्थानीय तहको उपनिर्वाचनको लागि मतदान जारी छ । ४१ पदका लागि भएको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका...

किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१ मंसिर १६ गते १५:१६

काठमाण्डु, १६ मंसिर– प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ सेवार सृजनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका–६ घर भएका २० वर्षीय कमल बुढाथोकी रहेका छन । बुढाथोकीलाई शुक्रबार बिहान पक्राउ...

ट्याक्सीमा महिला बोकेर यौनधन्दा गराएको आरोपमा दुईजना पक्राउ

२०८१ मंसिर १६ गते १४:३५

काठमाण्डु, १६ मंसिर– प्रहरीले काठमाण्डुको ठमेल र दरबारमार्ग क्षेत्रमा ट्याक्सीमा महिलाहरूलाई बोकेर हिँड्ने र यौनधन्दा गराउने गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–१ घर भएर बालाजु बस्ने सूर्य बहादुर तामाङ उर्फ प्रितम र रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएर कागेश्वरी...

रोल्पामा पुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु

२०८१ मंसिर १६ गते १४:२२

काठमाण्डु, १६ मंसिर– रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ स्थित गाम भन्ने स्थानमा झोलुङ्गे पुल निर्माणकै क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको सोही गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले...

उपनिर्वाचन अपडेटः १ बजेसम्म करिब ४५ प्रतिशत मतदान

२०८१ मंसिर १६ गते १४:१३

काठमाण्डु, १६ मंसिर– आज आइतबार बिहान ७ बजेदेखि स्थानीय तहको उपनिर्वाचन जारी छ । ४१ पदका लागि भएको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष...

झुन्डिएका व्यक्तिको सकुशल उद्धार

२०८१ मंसिर १६ गते १३:२०

काठमाण्डु, १६ मंसिर– प्रहरीले बाराको कलैया नगरपालिका–१३ स्थित पानी ट्याङ्कीमा झुन्डिएका व्यक्तिलाई सकुशल गरेको छ । पानी ट्याङ्कीमा झुन्डिएका ४० वर्षीय धिरेन्द्र चौधरीलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन । बलिरामपुरमा निर्माणाधीन पानी ट्याङ्कीमा काम गर्ने क्रममा...

चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८१ मंसिर १६ गते १३:१२

काठमाण्डु, १६ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन । आसन्न चीन भ्रमणको संघारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठक आज आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ...

चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ

२०८१ मंसिर १६ गते १३:०५

काठमाण्डु, १६ मंसिर– विभिन्न चार देशका राजदूहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्षय शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् । अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us