उपनिर्वाचन अपडेटः १ बजेसम्म करिब ४५ प्रतिशत मतदान

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते १४:१३ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– आज आइतबार बिहान ७ बजेदेखि स्थानीय तहको उपनिर्वाचन जारी छ । ४१ पदका लागि भएको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो ।

जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो । ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएको पनि प्रहरीले जानकारी दिएको छ ।

यस्तै रुकुम ९पूर्वी भाग० जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका– २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन । बाँकी पदमा ४१ पदका लागि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us