किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ सेवार सृजनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका–६ घर भएका २० वर्षीय कमल बुढाथोकी रहेका छन ।

बुढाथोकीलाई शुक्रबार बिहान पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।

कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us