रोल्पाको रून्टीगढी- ४ मा कांग्रेस उम्मेदवार विजयी

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते २०:५८ मा प्रकाशित

रोल्पा, १६ मंसिर- रोल्पाको रून्टीगढी गाउँपालिका ४ को वडाध्यक्षमा कांग्रेसका भूपमणि पुन विजयी भएका छन् ।
पुन ६ सय ४३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बेगम पुनमगरले ५ सय ३५ मत र माओवादी केन्द्रका नरेशजंग सिंहले ७० मत ल्याए ।
यस्तै राप्रपाका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हिमबहादुर पुन र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढामगरले समान ७ मत पाएका छन् ।
२०७९ को स्थानीय निर्वाचनमा पनि सो वडामा काँग्रेस निर्वाचित भएको थियो । कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष टंकबहादुर पुनको निधन भएपछि उक्त वडमा उपनिर्वाचन भएको हो ।
१ हजार ९ सय मतदातामध्ये १ हजार दुई सय ९७ मत खसेको र २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us