ट्याक्सीमा महिला बोकेर यौनधन्दा गराएको आरोपमा दुईजना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– प्रहरीले काठमाण्डुको ठमेल र दरबारमार्ग क्षेत्रमा ट्याक्सीमा महिलाहरूलाई बोकेर हिँड्ने र यौनधन्दा गराउने गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–१ घर भएर बालाजु बस्ने सूर्य बहादुर तामाङ उर्फ प्रितम र रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएर कागेश्वरी मनोहरा बस्ने चेत बहादुर कटुवाल रहेको प्रहरीले जानकारी दिएको छ ।

आरोपीहरूले ललाई फकाई महिलाहरूलाई ग्राहकसँग यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले दुईवटा ट्याक्सीमा सवार ६ जना महिलाको उद्धार गरीएको पनि प्रहरीले जानकारी दिएको छ । सूर्य बहादुर बा.२ ज ५१४३ नम्बरको ट्याक्सी चालक र कटुवाल बा.२ ज ५१८६ नम्बरको ट्याक्सीका चालक हुन् ।

उनीहरू विरुद्ध प्रहरी वृत्त दरबारमार्गले मानव बेचबिखन तथा ओसारपसार अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

आरोपीहरूले ‘काममा लगाइदिन्छौ’ भनेर पीडितहरुको कमजोर आर्थिक अवस्थाको फाइदा लिएर यौन सम्पर्क गर्न बाध्य बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us