कालिकोट, १६ मंसिर कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्कबहादुर शाही विजयी भएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा शाही १ सय ४३ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी नैसोभा शाहीले १ सय १५ मत प्राप्त गरिन् ।
यस्तै एमालेले ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैरबहादुर शाहीले ४९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गगन बमले १७ र राप्रपाका गोगनबहादुर शाहीले ५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत हरिचन्द्र गौतमले जानकारी दिए ।
उक्त वडामा ६ सय ९ मतदाता रहेकामा ४ सय ११ मत खसेको थियो भने ४ मत बदर भएको छ । उक्त वडामा २०७९ को स्थानीय निर्वाचनमा सो वडामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।