समाचार

१ करोड बढीका सुन, चाँदी र विदेशी मुद्रासहित तीन पक्राउ

२०८१ मंसिर २३ गते १०:०३

कैलाली, २३ मंसिर– कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोडभन्दा बढीको सुन, चाँदीका विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर...

‘भ्यू टावर’ उदघाटन गर्न झापा जाँदैछन् ओली

२०८१ मंसिर २३ गते ९:४२

काठमाण्डु, २३ मंसिर– प्रधानमन्त्री केपी ओली आज गृहजिल्ला झापा जाँदैछन् । ओली जहाजमार्फत बिहान ११ बजे चन्द्रगढी विमानस्थलमा उत्रने छन् । ओलीले आजै ‘भ्यूटावर’ का नामले चर्चित १८ तले ‘दमक बिजनेस कम्प्लेक्स’ को उदघाटन गर्ने कार्यक्रम छ । उक्त भवन ओलीको निर्वाचन क्षेत्रमा पर्छ...

रुपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ मंसिर २३ गते ९:३४

बुटवल, २३ मंसिर– रुपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु३त६५४१ नम्बरको ट्याक्टर मायादेवी गाउँपालिका– ८ प्रदीपनगरमा दुर्घटना भएको हो । मृत्यु हुनेमा चालक मायादेवी–६ का ३५ वर्षीय रामकृष्ण कुर्मीको रहेको प्रहरीले जनाएको छ । इँटा झारेर फर्कने क्रममा ट्याक्टर दुर्घटना भएको...

सरकारबाट जनताले देख्ने गरी काम भएको छः शंकर पोखरेल

२०८१ मंसिर २३ गते ८:००

दाङ, २३ मंसिर– एमाले महासचिव शंकर पोखरेलले सरकारले जनताले देख्ने गरी काम गरेको दाबी गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको उद्घाटन गर्दै शनिबार पोखरेलले पछिल्लो समय विकासमा धेरै उपलब्धी हासिल भएको दाबी गरेका हुन् । नेपालमा केही भएन भनेर जनतामा निराशा र...

राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च पदस्थलाई बाँसको कुर्सी उपहार

२०८१ मंसिर २३ गते ७:५३

दिक्तेल, २३ मंसिर– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन १५ देखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’को अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८१ मंसिर २३ गते ७:४८

सुनसरी, २३ मंसिर– सुनसरीको हरिनगर गाउँपालिका–४ मा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । को१ख ६४३१ नम्बरको टिपरले हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका–७ बस्ने ४५ वर्षीय झलु उरावको मृत्यु भएको हो । सुनसरी प्रहरीका एसपी मनकुमार तिमल्सिनाले टिपरको ठक्करबाट...

अनेरास्ववियु नुवाकोट अध्यक्षमा फैसल दिन

२०८१ मंसिर २३ गते १:५१

विदुर, २३ मंसिर– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नुवाकोटको अध्यक्षमा फैसल दिन सर्वसमत चयन भएका छन । हिजो (शनिबार) भएको १८ औँ जिल्ला अधिवेशनबाट दिनको नेतृत्वमा ३१ सदस्यीय कमिटी चयन गरीएको थियो । तर अध्यक्ष मण्डलकाे एकलौटी निर्णयलाई अस्वीकार गर्दै पनुः नयाँ कमिटी...

मादक पदार्थ पिएका प्रहरीले ममाथि ज्यादती गरेः रवि लामछिाने

२०८१ मंसिर २२ गते १९:०७

काठमाण्डु, २२ मंसिर– मानव अधिकार अयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवनबाट बिहीबार राति पोखरा ल्याउने क्रममा उच्च रक्तचाप भएको जनाएको छ । आयोग टोलीले शुक्रबार कास्की प्रहरीको हिरासतमा भेटेर लामिछानेसँग कुराकानी गरेको थियो । आयोगले चितवनबाट रातारात पोखरा ल्याएर स्वास्थ्य परीक्षण...

तीन वामपन्थी शक्तिबीच एकताबारे सकारात्मक कुरा भएको छ: प्रचण्ड

२०८१ मंसिर २२ गते १८:५२

काठमाण्डु, २२ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वटा वामपन्थी दलका नेताहरुसँग एकताका लागि वार्ता भएको बताएका छन् । शनिबार माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीनिकट शिक्षक संगठनबीच एकता घोषणा कार्यक्रमा प्रचण्डले राजनीतिक ध्रुविकरणको विषयमा भएको उक्त छलफल सकारात्मक भएको पनि...

राजनीतिक कोर्स बदल्नुपर्ने बेला आयोः प्रचण्ड

२०८१ मंसिर २२ गते १८:३५

काठमाण्डु, २२ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् । शनिबार राजधानीमा पार्टीनिकट गोरखा–काठमाण्डु सम्पर्क समन्वय समितिको अधिवेशन उद्घाटन गर्दै उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् । प्रचण्डले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्नेमा जोड दिए...

देशको परिवर्तनमा शिक्षकको ठूलो भूमिका छः सभामुख

२०८१ मंसिर २२ गते १८:२३

ललितपुर, २२ मंसिर– सभामुख देवराज घिमिरेले शिक्षालाई ठीक ढंगले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताएका छन् । ‘शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ को ललितपुरको जावलाखेलमा आयोजित १६औँ वार्षिक साधारणसभामा शनिबार सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले...

गगनलाई देउवाको जवाफः धेरै बोल्नेले आफैंलाई सिध्याउँछ,थोरै बोल्नेले अरुलाई सक्छ

२०८१ मंसिर २२ गते १८:१६

काठमाण्डु, २२ मंसिर– कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै धेरै बोल्ने नेता आफैं सकिने टिप्पणी गरेका छन् । विराटनगरमा शनिबार काँग्रस कोशी प्रेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्न क्रममा देउवाले त्यस्तो बताएका हुन् । थापाले मन्तव्य राख्ने क्रममा सभापति देउवा कम बोल्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us