१ करोड बढीका सुन, चाँदी र विदेशी मुद्रासहित तीन पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १०:०३ मा प्रकाशित

कैलाली, २३ मंसिर– कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोडभन्दा बढीको सुन, चाँदीका विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो ।

भारतबाट आएका उनीहरूबाट ८० लाख ७९ हजार ५६१ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० बराबरको आठ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगायतका भाँडा पनि बरामद भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us