समाचार

देउवाकै अगाडि शशांकले भनेः काँग्रेस नेतृत्व गलत बाटो हिंडिरहेको छ

२०८१ मंसिर २२ गते १६:५९

विराटनगर, २२ मंसिर– कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी नेतृत्व गलत बाटोमा हिंडेको बताएका छन् । पार्टीको कोशी प्रदेशको पहिलो सम्मेलन उद्घाटन सत्रमा शनिबार बोल्दै उनले नेताहरु गलत बाटोमा हिंडिरहेको टिप्पणी गरेका हुन् । नेताहरु व्यक्तिगत स्वार्थको बाटोमा हिंडेका कारण आफूहरुको लक्ष्य नै धमिलो...

ओलीजीले मुलुकका लागि धेरै राम्रो गरिरहनुभएको छः देउवा

२०८१ मंसिर २२ गते १६:४९

विराटनगर, २२ मंसिर– कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मुलुकका लागि धेरै राम्रो काम गरिरहेको बताएका छन् । पार्टीको कोशी प्रदेश सम्मेलनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै देउवाले सरकारको नेतृत्वको काम गराइप्रति आफू सन्तुष्ट रहेको बताएका हुन् ‘झुट बोल्ने कुरा छैन ।...

शेखरप्रति गगनको कटाक्षः मान, सम्मान र ठाउँ सबैलाई चाहिन्छ

२०८१ मंसिर २२ गते १६:२०

काठमाण्डु, २२ मंसिर– कांग्रेस महामन्त्री गगनकुमार थापाले नेता शेखर कोइरालाले पार्टीको कोशी प्रदेश सम्मेलन बहिष्कार गरेकामा आपत्ति जनाएका छन् । थापाले पार्टीमा मान र स्थान सबैका लागि उत्तिकै महत्वपूर्ण हुने भन्दै कोइरालाप्रति कटाक्ष गरे । कार्यक्रममा देउवापछिको वरियतामा नराखिएको भन्दै असन्तुष्ट कोइराला शनिबार गृहनगर...

शेखर कोइराला कोशी सम्मेलनमा नहुँदा दुःख लाग्योः सिटौला

२०८१ मंसिर २२ गते १६:०६

काठमाण्डु, २२ मंसिर– कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेता शेखर कोइराला पार्टीको कोशी प्रदेश सम्मेलनमा सहभागी नभएकामा आफूलाई दुःख लागेको बताएका छन् । विराटनगरमा शनिबार प्रदेश सम्मेलनको उदघाटन शत्रमा बोल्दै सिटौलाले कोइराला कार्यक्रममा उपस्थित हुनुपर्नेमा नभएको भन्दै दुःख लागेको बताए । रियतामा असन्तुष्टि जनाउँदै कोइराला...

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

२०८१ मंसिर २२ गते १५:५८

काठमाण्डु, २२ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् । पौडेल शनिबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएका हुन् । पौडेलले १९ मंसिरमा सोही अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गराएका थिए । त्रिवि शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा डा घनश्याम...

धनगढीका मेयर गोपाल हमाल अस्वस्थ, उपचारका लागि दिल्ली लगिँदै

२०८१ मंसिर २२ गते १५:५४

धनगढी, २२ मंसिर– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना भएका थिए । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली लैजाने तयारी भएको परिवारले जनाएको छ । चिकित्सकका अनुसार हमालको मस्तिष्कको...

बुझ्दै नबुझी बीआरआईबारे बचपना टिप्पणी नगरौँ:आरजु

२०८१ मंसिर २२ गते १४:५२

काठमाण्डु, २२ मंसिर– परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणी’ को संज्ञा दिएकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन नेदरल्यान्डको हेग प्रस्थान गर्ने क्रममा शनिबार परराष्ट्रमन्त्री राणाले उक्त टिप्पणी गरेकी हुन् । प्रधानमन्त्री...

भ्रष्टाचार रोक्न काँग्रेस–एमाले मिलेका हौंः लेखक

२०८१ मंसिर २२ गते १४:४७

विराटनगर, २२ मंसिर– गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले चीनसँग आफूहरुको सहमतिमै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) ‘फ्रेमवर्क’ मा हस्ताक्षर भएको बताएका छन् । कांग्रेस कोसी प्रदेशको प्रथम सम्मेलनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै लेखकले सत्तारुढ दलबीचको सहमतिमै बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको बताए ।...

‘पूर्णबहादुरको सारङ्गी’ देशभरका हलबाट उतार्ने निर्माताको घोषणा

२०८१ मंसिर २२ गते १४:३१

काठमाण्डु, २२ मंसिर–नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन नहुने भएको छ । निर्माता कम्पनी सेभेन सिस सिनेमाले शनिबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशभरका हलबाट उक्त चलचित्र उतार्ने जानकारी दिएका हुन् । केही हलले चलचित्रप्रति गरिएको नराम्रो व्यवहारका कारण उक्त निर्णय लिनुपरेको...

शशांक लिएर कोइराला निवास पुगे देउवा, शेखर देउवा नभेटी चितवन हिंडे

२०८१ मंसिर २२ गते १४:२०

विराटनगर, २२ मंसिर– पार्टीको कोशी प्रदेश सम्मेलन उद्घाटनका लागि विराटनगर पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगरस्थित कोइराला निवासमा पुगेका छन् । केन्द्रीय सदस्य शशांक कोइरालालाई साथमा लिएर देउवा कोइराला निवासमा पुगेका थिए । विराटनगरमै रहेका शेखर कोइरालाले भने देउवालाई भेटेनन् । बरु देउवा सहभागी...

देश काँग्रेस र एमालेले बिगारेका हुन्ः रास्वपा

२०८१ मंसिर २२ गते १४:११

काठमाण्डु, २२ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुले पुराना दल काँग्रेस र एमालेले देश बिगारेको आरोप लगाएका छन् । पार्टीको प्रथम भक्तपुर जिल्ला भेलालाई मध्यपुर थिमीमा सम्बोधन गर्दै उपाध्यक्ष डिपी अर्यालले पटकपटक सरकारमा पुगेर काँग्रेस र एमालेले भ्रष्टाचारबाहेक केही नगरेको आरोप लगाए । मुलुकका...

रास्पवाद्वारा ५ जिल्लामा भेला आयोजना

२०८१ मंसिर २२ गते १३:५६

काठमाण्डु, २२ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पाँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । नुवाकोट, भक्तपुर, सल्यान,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us