काठमाण्डु, २२ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पौडेल शनिबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएका हुन् । पौडेलले १९ मंसिरमा सोही अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गराएका थिए ।
त्रिवि शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा डा घनश्याम गुरुङले राष्ट्रपतिको स्वास्थ्यमा सुधार भएकाले डिस्चार्ज गरिएको जानकारी दिए ।