धनगढीका मेयर गोपाल हमाल अस्वस्थ, उपचारका लागि दिल्ली लगिँदै

काठमाण्डु टुडे २०८१ मंसिर २२ गते १५:५४ मा प्रकाशित

धनगढी, २२ मंसिर– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना भएका थिए । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली लैजाने तयारी भएको परिवारले जनाएको छ ।

चिकित्सकका अनुसार हमालको मस्तिष्कको नशामा समस्या देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us