समाचार

अमेरिकी सहायक विदेशी मन्त्रीले पूर्वप्रधानमन्त्रीहरुलाई भेट्दै

२०८१ मंसिर २३ गते १४:४७

काठमाण्डु, २३ मंसिर– दुई दिने नेपालमा भ्रमणमा आइपुगेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज पूर्वप्रधानमन्त्रीहरूसँग भेटवार्ता गर्ने भएका छन । मध्य तथा दक्षिण एसिया मामिला हेर्न सहायक विदेश मन्त्री लुले आज २ बजे कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटदैछन् भने ३...

कृष्णभिरबाट त्रिशुलीमा खसेको बुलेटका चालक सम्पर्कमा

२०८१ मंसिर २३ गते १४:३१

काठमाण्डु, २३ मंसिर– आज (आइतबार) बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन । भारतीय नम्बर प्लेटको ग्याँस बुलेट काठमाण्डुतर्फ आउँदै गर्दा धादिङस्थित कृष्णभिरमा दुर्घटनामा परेको थियो । उक्त बुलेट चालक सम्कर्पमा आएको धादिङका एसपी दिपेन्द्र शाहीले जानकारी दिएका छन...

एआईजी केदार ढकाल अवकाशमा

२०८१ मंसिर २३ गते १३:५३

काठमाण्डु, २३ मंसिर– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल अवकाशमा गएका छन । प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत ढकालले मङ्सिर २१ बाट अवकाश गएका हुन । उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । एआईजीको ५६...

धादिङको धुनीबेशी–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी

२०८१ मंसिर २३ गते १३:४२

काठमाण्डु, २३ मंसिर– धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी भएको हो । उनीहरूविरुद्ध १२ मंसिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ ।...

रास्वपा नेताहरूको अदालतको अवहेलना मुद्दा पेसीमा

२०८१ मंसिर २३ गते १३:१५

काठमाण्डु, २३ मंसिर– रास्वपाका नेताहरूविरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमा सर्वोच्चले पेसी तोकेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकीएको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनमाथि मङ्सिर १९ गते सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज...

रवि लामिछानेको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो उजुरी

२०८१ मंसिर २३ गते १३:०४

काठमाण्डु, २३ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । गत २ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको रास्वपाले...

कैलालीबाट १२ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ

२०८१ मंसिर २३ गते १२:५०

काठमाण्डु, २३ मंसिर– प्रहरीले कैलालीबाट १२ ग्राम लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय महेश भट्ट, वडानम्बर ७ बस्ने १८ वर्षीय राजेश राना र २५ वर्षीय राम गोपाल रानालाई रहेका छन् । भट्टलाई दुई ग्राम...

लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित, लुम्बिनी लगातार चौथो खेलमा पनि पराजित

२०८१ मंसिर २३ गते १२:२८

काठमाण्डु, २३ मंसिर– आज आइतबार भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरले लुम्बिनी लायन्सलाई १ रनले हराउँदै रोमाञ्चक जित निकालेको छ । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पार्न सफल भएको हो । थाकरले...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ मंसिर २३ गते १२:२१

काठमाण्डु, २३ मंसिर– रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय टेक्टर चालक रामकृष्ण कुर्मी रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ । तिलोत्तमा नगरपालिका९८ प्रदीपनगर डाँडामा लु–३ त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कुर्मीको...

८३ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

२०८१ मंसिर २३ गते १२:११

काठमाण्डु, २३ मंसिर– प्रहरीले झापामा ८३ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको झापा गाउँपालिका–७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका–७ का २४ वर्षीय अशोक यादव रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ...

अस्पतालका कर्मचारी झ्यालमा डोरीले बाँधेको अवस्थामा मृत भेटिए

२०८१ मंसिर २३ गते ११:३६

काठमाण्डु, २३ मंसिर– सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारी मृत अवस्थामा फेला परेका छन । मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी...

रविलाई १३ दिन म्याद थप्न माग गर्दै अदालत उपस्थित गराइयो

२०८१ मंसिर २३ गते ११:२४

काठमाण्डु, २३ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमनन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । रास्वपाका सभापति लामिछाने माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us