८३ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १२:११ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– प्रहरीले झापामा ८३ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको झापा गाउँपालिका–७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका–७ का २४ वर्षीय अशोक यादव रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो ।

२२ मंसिरको साढे ४ बजेतिर झापा गाउँपालिका–६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया वृद्धा फुलमाया मुर्मु मृत अवस्थामा भेटिएका थिए । त्यसपछि अनुसन्धानमा झापा प्रहरीका साथै प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट कुकुरसहितको टोली अनुसन्धानमा खटिएको थियो ।

वृद्धालाई टाउको र चिउडोमा प्रहार गरी हत्या गरेको पाइएको झापा प्रहरीले जानकारी दिएको छ । हत्यामा प्रयोग भएको कलको ह्याण्डिल र फरुवा समेत प्रहरीले बरामद गरेको छ । हत्यापछि लुटिएको मोबाइल र एउटा साइकल समेत बरामद गरीएको प्रहरीले जानकारी दिएका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us