कृष्णभिरबाट त्रिशुलीमा खसेको बुलेटका चालक सम्पर्कमा

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– आज (आइतबार) बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन । भारतीय नम्बर प्लेटको ग्याँस बुलेट काठमाण्डुतर्फ आउँदै गर्दा धादिङस्थित कृष्णभिरमा दुर्घटनामा परेको थियो ।

उक्त बुलेट चालक सम्कर्पमा आएको धादिङका एसपी दिपेन्द्र शाहीले जानकारी दिएका छन । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित सड्कबाट अनियन्त्रित भएर बुलेट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us