अस्पतालका कर्मचारी झ्यालमा डोरीले बाँधेको अवस्थामा मृत भेटिए

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारी मृत अवस्थामा फेला परेका छन ।

मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन ।

मृतक झाका दुवै खुट्टाले भुईं टेकेको पाइएको उनले जानकारी दिएका छन । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । प्रत्यक्षदर्शीले कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान गरेका छन् ।

आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर अनुसन्धान सुरु गरीएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us