ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय टेक्टर चालक रामकृष्ण कुर्मी रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

तिलोत्तमा नगरपालिका९८ प्रदीपनगर डाँडामा लु–३ त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कुर्मीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रुपन्देहीको मायादेवी–६ स्थित रुपन्देही बाबा इँटा उद्योगबाट तिलोत्तमा-११ गणेशनगरमा इँटा पुर्याइ फर्किने क्रममा दुर्घटना हुँदा चालक कुर्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिएका छन ।

ट्याक्टर सडक छाडेर कल्भर्टको दायाँतर्फ गुड्दा दुर्घटना भएको देखिएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिएका छन । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान हुने उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us