काठमाण्डु, २३ मंसिर– दुई दिने नेपालमा भ्रमणमा आइपुगेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज पूर्वप्रधानमन्त्रीहरूसँग भेटवार्ता गर्ने भएका छन ।
मध्य तथा दक्षिण एसिया मामिला हेर्न सहायक विदेश मन्त्री लुले आज २ बजे कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटदैछन् भने ३ बजे माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सहायक विदेश मन्त्री लु पूर्व प्रधानमन्त्री प्रचण्डलाई भेटेर पाँच बजे भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्न जाने कार्यक्रम रहेको छ । अवलोकनपछि उनी साँझ द्वारिका होटेलमा फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोत जानकारी दिएको छ भोलि उनको प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटको कार्यक्रम रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटघाट कार्यक्रम भने पौडेल अस्वस्थ्य रहेका कारण स्थगित गरिएको बताइएको छ । सहायक विदेशमन्त्री लु श्रीलङ्का एयरलाइन्सको युएल १८१ नम्बरको उडानबाट ११ः३० बजे नेपाल आइपुगेका हुन् । उनले अहिले द्वारिका होटेलमा नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूसँग छलफल गरिरहेको स्रोतले जनाएको छ ।