एआईजी केदार ढकाल अवकाशमा

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १३:५३ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल अवकाशमा गएका छन । प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत ढकालले मङ्सिर २१ बाट अवकाश गएका हुन ।

उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर ढकाल अवकाशमा गएका हुन् ।

प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएपछि अवकाशमा जान्छन् । नेपाल प्रहरीका अर्का एआईजी भिमप्रसाद ढकाल पनि यसै महिना अवकाशमा जाँदै छन् ।

२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका ढकाल मङ्सिर २७ मा अवकाश हुँदैछन् । ढकालले आईजीपी कुँवरसँगै नाम निकाले पनि ६ महिना ढिला नियुक्ति पाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us